पाेखरा- नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, पोखरावीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुवै संस्थाहरूवीच आपसी सम्बन्धलाई वित्तिय कारोवारहरु मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झाैतामा हस्ताक्षर भएकाे हाे ।
समझदारीमा विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने बितिय कारोवारमा विशेष छुट प्राप्त गर्ने उल्लेख छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त आपसि सहयोगको सम्झौता पत्रमा विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट प्रादेशिक कार्यालय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंक, नेपालकाे पूरानाे बैंक हाे ।
प्रतिक्रिया