काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ६८ वर्षको पुगे पनि वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।
संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले एकीकृत समाजिक सुरक्षा कार्यक्रम ल्याउनुपर्नेमा सरकारले वृद्धभत्ताको उमेर घटाएको बताए ।
‘वृद्धभत्ता पाउने उमेर घटाउन जरुरी थिएन । म पनि ६८ वर्षको भएँ । गरिब देशको नागरिकका रुपमा म भत्ता नलिने घोषणा गर्छु’, उनले भने ।
प्रतिक्रिया