+
Search

ताजा अपडेट +

पपुलर +

सुरक्षा पन्तको एक्सन अवतार

4KNationalDaily
२०७९ जेष्ठ १८, बुधबार १०:१८ बजे

काठमाडौँ- सुरक्षा पन्त पर्दामा सालिन रुपमा प्रस्तुत हुने अभिनेत्री हुन्।

उनै अभिनेत्रीलाई दर्शकले अब एक्सन अवतारमा देख्न पाउने भएका छन्। उनको एक्सन अवतार एक गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको हो।

आरके खत्रीको ‘गन्तव्य’बोलको गीतमा सुरक्षालाई एक्सन अवतार प्रदान गरिएको छ। उनले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकी छन्।

सूर्य अधिकारी र आरकेले संयुक्त रुपमा लेखेको र्‍याप गीतमा प्रकाश लामाको संगीत संयोजन सुन्न सकिन्छ।

एक्सन शैलीमा तयार गरिएको भिडियोमा सुरक्षा पन्त देखिएकी हुन्। म्यूजिक भिडियोमा मोडल नीराजन प्रधान सुरक्षाको जोडीको रुपमा प्रस्तुत भएका छन्।

निर्देशक हरि हुमागाईँको निर्देशन तथा कन्सेप्टमा बनेको भिडियोलाई उत्तम हुमागाईँ र राजेन्द्र हुमागाईँले संयुक्तमा खिचेका छन्।

भिडियो सम्पादन प्रवीण श्रेष्ठले गरेका हुन्।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily