काठमाडाैं- भिमसेनथापा गाउँपालिकाले विभिन्न कारणले काठमाडौंमा बसोबास गर्ने वडा न १ मसेलबासी जनतासँग राय तथा सुझाब संकलन गरेको छ।
मसेलका वडाअध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा भएको सर्वदलिय राय तथा सुझाब संकलन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराको प्रमुख आथित्यता रहेको थियो।
वडा अध्यक्ष श्रेष्ठले मसेललाई नमुना वडा बनाउन सबैको सुझाब र सहयोग आबस्यकता रहेको बताए।
कृषिलाई आधुनिकरण गरि कृषकलाई समयमै मल, वीउ विजन उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई सरल तथा निशुल्क प्रदान गर्ने, निशुल्क गुणस्तरीय शिक्षा, पुर्वाधार विकासमा जोड दिनु पर्ने सुझाब संकलन गरेका थिए।
एक घर एक धारा, घर धुरीको वर्गिकरण, मोटर बाटोको स्तारोन्न्ती, आर्थिक पारदर्शीता, युवा स्वरोजगार तथा परिचालन, व्यावस्थित वडा कार्यालय जस्ता विषय समेटिएका थिए।
कार्यक्रममा ‘स्वर्ग खोज्न मर्नु नपर्ने’ भन्दै गाउँपालिकाका अध्यक्ष बन्जराले विकासको वादक निजी जमिन भएको बताए। उनले सम्पुर्ण जमिन जनताको स्वामित्वमा भएकोले विकासका काम कारबाही गर्न अफ्ठ्यारो भएको बताए।
नेकपा माओबादी केन्द्रबाट टिकट पाएकाे भएपनि सबै राजनैतिक दलहरुको सहयोगमा पालिकाको अध्यक्ष बनेको भन्दै बन्जाराले ‘हामि सबैको साझा प्रतिनिधि’ भएले राजनैतिक रंगभेद रहित काम गर्ने बताए।
उनले सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गरि पालिकालाई नमुना बनाउन समेत अनुरोध गरे।
उक्त सर्वदलिय सुझाब संकलन कार्यक्रमा जनता समाजवादी पार्टी गाउँपालिका-काठमाडौं मन्चका सचिव नेत्र प्रसाद बगाले, पर्यटन व्यावसायी राजकुमार देवकोटा लगायत अन्य राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न पेशामा आबध्द रहेका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
उनीहरुले वडाको विकासको लागि आ आफ्नो तर्फबाट व्याक्तिगत तथा सामुहिक सुझाब दिएका थिए।
प्रतिक्रिया