+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय

4KNationalDaily
२०७९ जेष्ठ २२, आईतवार १५:३० बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको बताएका छन्।

आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको खनालले जानकारी दिए।

‘हामीले २४ घण्टा भित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेका छौं’ नेता खनालले भने, ‘अब उहाँहरु फिर्ता हुनुहुन्छ।’

निर्णय गर्ने अधिकार भने अध्यक्ष माधव नेपाललाई दिएको छ। पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको छ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।

उनले भने, ‘मन्त्रीका विषयमा सामान्य छलफल भएको छ। शीर्ष नेताहरुको बीचमा छलफल भएर उहाँहरुले कति उपयुक्त ठान्नुहुन्छ, त्यही अनुसार हुन्छ। खाशगरी अध्यक्ष कमरेडले यसबारे निर्णय लिनुहुन्छ।’

उनले पार्टीले आवश्यकता ठानेर जिम्मेवारी दिएको र त्यहीअनुसार फर्काउन सक्ने बताए।

उनले थपे, ‘उहाँहरुको विषयमा समीक्षा हुन्छ। पार्टीले आवश्यक ठान्यो भने फिर्ता बोलाउँछ र नयाँ साथीहरुलाई जिम्मेवारी दिन्छ। यसलाई स्वभाविक रुपमा लिनुपर्छ। व्यक्तिगत स्वतन्त्रता पार्टीको हित भन्दा तल हुन्छ।’

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily