काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।
मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको प्रहरीकाे दावी छ।
नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले धादिङतर्फ अवरोध भएको बताए ।
‘हाम्रो ठाउँमा अवरोध क्लियर भइसकेको छ । अहिले भइरहेको तनाव भनेको धादिङतर्फ हो । सोही ठाउँ भएर नुवाकोटको बन्चरेडाँडा पुग्नुपर्छ’, एसपी शाहले भने ।
फोहोर व्यवस्थापनका लागि काठमाडौंबाट डीएसपीको कमान्डमा १९५ जना प्रहरी र ३५ जना सशस्त्र प्रहरीको टोली त्यस ठाउँमा खटिएको छ ।
प्रतिक्रिया