+
Search

ताजा अपडेट +

पपुलर +

विदेशमा बस्ने नेपालीलाई पनि मतदान अधिकार दिनुपर्छ : कांग्रेस सांसद पन्त

4KNationalDaily
२०७९ जेष्ठ २६, बिहीबार १८:५३ बजे

काठमाडौं– राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताएकी हुन् ।

मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै सांसद पन्तले विदेशिएका नेपालीले सो अधिकार गुमाइरहेको उल्लेख गरिन् ।

‘नागरिकको सबभन्दा ठुलो अधिकार भनेको मतदान गर्ने अधिकार हो । मतदान गर्न पाउने उसको नैर्सगिक अधिकार हो । मौलिक हकमा पनि छ । नैर्सगिक अधिकारलाई नेपाली नागरिकले गुमाइराखेका छन्’ उनले भनिन् ।

कुल मतदाताको २० प्रतिशत विदेशमा रहेको भन्दै पन्तले ती नागरिकलाई मतदान गर्न पाउने संवैधानिक हकबाट वञ्चित गराउन नहुने बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily