+
Search

ताजा अपडेट +

पपुलर +

दोर्दी खोला जलविद्युतको आईपीओ भर्नुभयो ? मंगलबार सकिँदैछ आवेदन दिने समय

4KNationalDaily
२०७९ जेष्ठ ३१, मंगलवार १०:४० बजे

काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय आज मंगलबार सकिँदैछ।

जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गरेको छ।

निष्काशन गरिएको कूल शेयरमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० र अधिकतममा १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily