+
Search

ताजा अपडेट +

पपुलर +

सडक र पुलको लागि गण्डकी सरकारले गर्‍यो १० अर्ब बजेट विनियोजन

4KNationalDaily
२०७९ असार १, बुधबार १७:३३ बजे

पाेखरा- गण्डकी प्रदेशले सडक र पुलको लागि १० अर्ब बजेट विनियोजन गरेको छ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९÷०८०को बजेट २०६ किलोमिटर सडक कालोपत्रे हुने बताए।

२० वटा सडक पुल र १५ वटा झलुर्गे पुल निर्माण हुनेछ। स्थानीय तहको केन्द्रमा सडक नपुगेको ठाउँमा सडक पुर्याउन बजेट विनियोजन गरेको छ।

प्रादेशिक लोकमार्ग, उत्तर दक्षिण सडक निर्माणमा प्राथमिकता दिएको उल्लेख गरेको छ। पोखरा विमानस्थलदेखि फेवातालसम्म द्रुतमार्ग बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको छ।

सवारीसाधनको कर अनलाइनबाट गर्ने बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले उल्लेख गरेका छन्। चालक र सहचालकलाई प्रदेशले तालिम प्रदान गर्ने भएको छ।

त्यस्तै जनता आवस कार्यक्रमको लागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily