+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको बजेट ३५ अर्ब ९० करोड [पूर्णपाठ]

4KNationalDaily
२०७९ असार १, बुधबार १७:३५ बजे

पोखरा– गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालू १३ अर्ब २६ करोड अर्थात् ३६ प्रतिशत र २२ अर्ब १४ करोड आर्थत ६१ प्रतिशत रहेको छ। वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत छ।

स्रोत केन्द्रको अनुदान १६ अर्ब ५४ करोडबाहेक राजस्व बाँडफाँटबाट ९ अर्ब २३ करोड र आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड र रोयल्टीबाट ३२ करोड स्रोत ल्याउनेछ।

गण्डकी प्रदेशले चालू आर्थिक वर्षको लागि ३० अर्ब ३ करोडको बजेट विनियोजन गरेको थियो। जसमा चालूतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३.५ प्रतिशत, पूँजीगततर्फ १६ अर्ब ७३ करोड अर्थात् ५५.७ प्रतिशत र वित्तिय व्यवस्थातर्फ २४ करोड अर्थात् ०.८ प्रतिशत बजेट विनियोजन गरेको थियो।

जसमा स्रोतको व्यवस्थापमा संघीय सरकारबाट समानीकरण अनुदान ७ अर्ब ४२ करोड, सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड करोड रुपैयाँ रहेको छ।

त्यस्तै राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टीबाट प्राप्त हुने ३० करोड र आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड उठ्ने अनुमान रहेको छ। ४ अर्ब नपुग हुने बजेटमा मौज्दात २ अर्ब र १ अर्ब आन्तरिक र १ अर्ब संघीय सरकारबाट ऋण लिने उल्लेख रहेको थियो।

गण्डकीले जेठ १६ गतेसम्म चालू खर्च ३४.८६ प्रतिशत र पुँजीगत ४१.३६ प्रतिशत खर्च भएको थियो। गण्डकी प्रदेशले चालू आथिक वर्षमा ७५ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री बरालले जानकारी दिए।

गण्डकी प्रदेशले स्थानीय तहमा अनुदान बढाएको छ। १ अर्ब १६ करोड समानीकरण अनुदान, समपूरक अनुदानतर्फ ५० करोड ७० लाख, सशर्त अनुदान १८ करोड १० लाख र विशेष अनुदान २६ करोड ३० लाख बजेट विनियोजन गरिएको छ। प्रदेशबाट राजस्व बाँडफाँटबाट ७२ करोड हुने अनुमान गरिएको छ।

यस्तो छ पूर्णपाठ

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/बजट_वकतवय_२०७९-gandaki.pdf”]

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily