+
Search

ताजा अपडेट +

पपुलर +

फेरि बढेर आयो पेट्रोलियम खरिद दर, डिजेलको खरिद मूल्य २०२, पेट्रोलको २०९

4KNationalDaily
२०७९ असार २, बिहीबार १९:५५ बजे

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य फेरि भारतबाट बढेर आएको छ। इन्डियन आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार मूल्य बढेर आएको हो।

भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले बढेको छ।

भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य बढेमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रतिलिटर आसपास पुग्नेछ। यति गरेमा मात्रै निगमको घाटा रोकिनेछ।

निगमलाई बिहीबारदेखि पेट्रोलको खरिद मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ लाग्ने भएको छ। अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ तोकिएको छ। यस्तोमा निगमले पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा भोगिरहेको छ।

डिजेलको मूल्य पनि प्रतिलिटर भारतबाट १९ रुपैयाँ ३ पैसा बढेर आएको छ। इन्डियन आयलको नयाँ सूचीअनुसार बिहीबारदेखि डिजेलको खरिद मूल्य २ सय नाघेर २ सय २ पुगेको छ।

अहिले नेपालमा निगमले डिजेल प्रतिलिटर १६५ रुपैयाँमा बेचिरहेको छ। निगमले डिजेलमा मात्रै प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा भोगेको छ।  हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily