+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामलाई प्रचण्डकाे प्रश्न : जसपाबाट अलग्गिएर एमालेसँग मिल्न लागेको हो ?

4KNationalDaily
२०७९ असार ५, आईतवार १९:२५ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शनिबार भेटवार्ता भएको छ।

लामो समयदेखि समाजवादी केन्द्र निर्माणको कोशिसमा रहेका दुई नेताबीच सोही विषयमा केन्द्रित भएर छलफल भएको हाे ।

स्रोतका अनुसार समाजवादी केन्द्र निर्माणबाहेक प्रचण्डले नेता भट्टराईलाई जसपाबाट अलग्गिएर एमालेसँग मिल्न लागेकोबारे सोधेका थिए। तर हालको कांग्रेससहितको गठबन्धनमा रहनेमा भट्टराईले प्रचण्डलाई जवाफ दिएका थिए।

उक्त भेटमा जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाउनेबारे पनि छलफल भएको स्रोतले दावी गरेको छ।

यसअघि पनि नेकपा कायमै हुँदा बाबुराम भट्टराई, प्रचण्ड र उपेन्द्र यादवबीच समाजवादी केन्द्र निर्माणबारे पटक पटक उपराष्ट्रपति पुन निवासमा नै बसेर छलफल भइसकेको थियो।

उपराष्ट्रपति पुनले उनीहरुलाई मिलाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily