+
Search

ताजा अपडेट +

पपुलर +

भिमसेनथापा गाउँपालिकाको बजेट ६२ करोड २६ लाख ८८ हजार

4KNationalDaily
२०७९ असार १२, आईतवार १३:२५ बजे

गोरखा- भिमसेनथापा गाउँपालिकाले ६२ करोड,२६ लाख ८८ हजारको बजेट ल्याएको छ । गत शुक्रबार बसेको गाउँसभाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६२ करोड भन्दा बढीको बजेट ल्याइएको हो ।

जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान १४ करोड ४५ लाख, सशर्त अनुदान २३ करोड, ५५ लाख, र पुँजीगत अनुदानतर्फ १ करोड १५ लाख रहेको छ ।

यसै गरी संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक ग्राम स्थापनाको लागि ९२ लाख,राजस्व बाँडफाँटतर्फ ८ करोड ४४ लाख ६८ हजार गरी जम्मा ४८ करोड ५१ लाख ६८ हजार रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ७७ लाख ५७ हजार, समपूरक अनुदान ५० लाख, राजश्व बाँडफाँटतर्फ ५२ लाख ६३ र विशेष अनुदान ५० लाख गरी जम्मा ३ करोड ३० लाख २० हजार प्राप्त हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

प्रस्तावित बजेटमा स्थानीय सरकार आन्तरिक श्रोतबाट ४५ लाख, जिल्ला समन्वय समितिबाट अनुदान ८५ लाख ९ हजार ३८ रुपैयाँ र पालिकाको मौज्दात रकम ९ करोड १४ लाख ९० हजार ९ सय ६२ रुपैयाँ गरी कुल ६२ करोड २६ लाख ८८ हजार प्रस्तावित बजेट प्रस्तुत गरिएको छ।

बजेटमा गौरवका योजना अनुसार हरेक वडाबाट पालिका केन्द्रसम्म जोड्ने चक्रपथ सडकको निर्माण गर्ने, निःशुल्क स्वास्थ्य बीमादेखि, जटिल प्रकृतिका विपन्न तथा असहाय एवम् ज्येष्ठ नागरिक बिरामीको उपचार, गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थ्य परीक्षण र सुत्केरी सेवाका लागि अस्पताल आउजाउ गर्न एम्बुलेन्स सेवा निःशुल्क गर्ने, गाउँपालिका भित्र जन्मिएका शिशुका अभिभावकले ३५ दिन भित्रमा जन्म दर्ता गरे निःशुल्क बैंक खाता खोलिदिने घोषणा गरेको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त र निम्न आय भएका नागरिकहरूका लागि मासिक रूपमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily