काठमाडौँ– एनएमबी बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागी फ्लाइवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ।
यो समझदारीसँगै एनएमबी बैंक फ्लाइवायरको तर्फबाट विश्वभरका १७ सयभन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागि नेपालको एकमात्र बैंक भएको एनएमबीले जनाएको छ।
नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्ने बैंकले जनाएको छ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे।
त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्कहरु सजिलै ट्रयाक गर्न र बिभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पूरा गर्नुपर्ने बाध्यता थियो।
हाल एनएमबि बैंक र फ्लाईवायरले सँगसँगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्दै छन् ।
‘फ्लाईवायरसँगको सहकार्यले हामी ग्राहकहरुको लागी विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौं । हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागी एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ’, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।
ग्लोबल एजुकेसन फ्लाइवायरका ईभीपी शेरोन बटलरले कम्पनीका अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकहरुले पनी नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अझ सरल भुक्तानी माध्यमको लागि सोधिरहेको सन्दर्भमा एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबी बैंकसँग समझदारी गर्न पाउँदा उत्साहित रहेको बताए।
प्रतिक्रिया