+
Search

ताजा अपडेट +

पपुलर +

दिल्लीमा पुगेर प्रचण्डले भने- १९५० को सन्धि र ईपीजीको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ

4KNationalDaily
२०७९ असार ३२, शनिबार १९:४३ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका उनले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा उनले यी समस्यालाई असल छिमेकीको भावनाबाट समाधान गर्न सकिने बताए ।

‘सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदनको विषय कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने आवश्यकता छ । असल छिमेकीको भावनाबाटै हामीले समस्या समाधान गर्न सक्छौं’ उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्न सकिने बताए ।

अध्यक्ष प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको पनि बताए ।

सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । यस क्रममा उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily