+
Search

ताजा अपडेट +

पपुलर +

सौगात र श्रृष्टि अभिनित ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

4KNationalDaily
२०७९ श्रावण ४, बुधबार १६:१९ बजे

काठमाडौं– सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। हास्यव्यङ्ग्यमा केन्द्रित फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो।

रञ्जित रौनियारको निर्देशनमा बनेको फिल्ममा सामाजिक कथावस्तुलाई कमेडीसहित प्रस्तुत गरिएको छ। अरु कसैको बच्चा जन्माउने ‘सेरोगेट’ आमाको कथा बोकेको फिल्मले यो घटनापछि पात्रहरुको जीवनमा आएको परिवर्तनलाई समेटेको छ।

फिल्ममा सौगात र श्रृष्टिसँगै आशान्त शर्मा, लोनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा निर्देशक रौनियार आफैंले लेखेका छन्। गोपिकृष्ण प्रोडक्सनस्को ब्यानरमा उद्धप पौडेलको प्रस्तुति रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका छन्। फिल्म भदौ ३ गतेबाट प्रदर्शनमा आउँदै छ।

ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily