+
Search

ताजा अपडेट +

पपुलर +

सत्ताधारी दलसँग नारायणकाजी आक्रोशित, भने : नागरिकता विधेयकले देश संकटमा पर्‍यो

4KNationalDaily
२०७९ श्रावण ८, आईतवार १७:३६ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका वामपन्थी पार्टीहरूले एकले अर्कालाई सिध्याउन र तमासा हेर्न तल्लिन रहेको टिप्पणी गरेका छन् । यो बाटोबाट कम्युनिष्ट तथा वामपन्थी आन्दोलन विसर्जनको दिशामा जाने उनले चेतावनी दिए ।

राजधानीमा आज आयोजित एक अन्तरक्रियामा बोल्दै श्रेष्ठले वामपन्थी शक्तिबीच एकताका लागि आह्वान गरे । एकता सम्भव नभए कम्तीमा चुनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले भने, ‘देशको राष्ट्रवादी शक्ति भनेको वामपन्थी नै हुन् । अहिलेको परिस्थितिलाई गम्भीर अध्ययन र समीक्षा गरेर वामपन्थी शक्ति एकजुट हुनुपर्छ । वैचारिक रूपमा निकट भएकाहरूले सकेसम्म एकता गर्ने र त्यो नभए समाजवादी मोर्चा बनाएर जान सकिन्छ । त्यो पनि नभए अर्को चुनावमा वामपन्थीबीच तालमेल गरौं ।’

वामपन्थीहरूले समाजवादका कुरा गर्ने तर राष्ट्रिय स्वाधीनताका लागि खतरा बनेको साम्राज्यवादको नाइकेलाई हस्तक्षेप गर्न दिने गलत प्रवृत्ति रहेको उनले बताए ।

‘कमसेकम सबैले राष्ट्रियताको पक्षमा संवेदनशील बनौं,’ उनले आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily