+
Search

ताजा अपडेट +

पपुलर +

ज्योती लाइफ गण्डकी प्रदेशका शर्मा र घिमिरे उत्कृष्ट कर्मचारी अवार्डबाट सम्मानित

4KNationalDaily
२०७९ श्रावण ८, आईतवार २२:१६ बजे

काठमाडौ- ज्योती लाइफ इन्स्योरेन्सकाे सातौ सेल्स सम्मेलन काठमाडौमा सम्पन्न भएको छ । देशभरिको शाखा तथा उपशाखाका सेल्स कर्मचारी सहितकाे उपस्थितिमा आर्थिक बर्ष २०७८/७९ मा भएको बिमा ब्याबसायको समिक्षा र भावी योजना तय गरेको थियो ।

गएको आर्थिक बर्ष २०७८/७९ भरी उत्कृष्ट बिमा ब्याबसाय आर्जन गर्ने थुप्रै कर्मचारीहरुलाई सम्मानित पनि गरेको थियो । सोही कार्यक्रममा कम्पनी ले हरेक बर्ष प्रदान गर्दै आएको महत्वपूर्ण पुरस्कार वा सम्मानको रुपमा सर्वोत्कृष्ट ६ जनालाई दिइने उत्कृष्ट कर्मचारी बर्षका रूपमा सम्मान गरेकाे छ ।

उक्त सर्बो उत्कृष्ट सम्मान पाउनेमा गण्डकी प्रदेश अन्तरगत बेष्ट इम्प्लायो ब्रान्च म्यानेजर बिधामा बाग्लुङ्ग शाखाका प्रमुख संजय शर्मा र उपशाखा बिधामा तत्कालीन उपशाखा बेनि उप-शाखाका इन्चार्ज देबेन्द्र बहादुर घिमिरे रहेका छन् ।

अध्यक्ष नन्दकिशोर शर्मा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री एजेन्सी सेल्स प्रमुख फर्सुराम मरासिनिले उत्कृष्ट कर्मचारी हरुलाई नगद सहित प्रमाणपत्र मेडल र दोसल्ला ओडायर सम्मानित गरेका थिए।

सम्मानित शर्मा र घिमिरे ज्योति लाइफ इन्स्योरेन्स कम्पनि मा लमो समय देखि नै रहि कार्य गर्दै आएका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily