+
Search

ताजा अपडेट +

पपुलर +

गायक रामदामको तीजको कोसेली ‘चक्लेटि हिरो’ बजारमा

4KNationalDaily
२०७९ श्रावण १०, मंगलवार १२:४५ बजे

गाेरखा- गायक तथा मोडल तिलक रामदामको ‘चकलेटी हिरो’ बोलको तीज गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

मिलन सिलवालको शब्द रहेको गीतमा गायक तिलक रामदाम र माण्डवी त्रीपाठीको सुमधुर आवाजमा सजिएको छ ।

आफ्नो मान्छे सबै भन्दा राम्रो, सदैब जवान दुनियाँमा कुनै वस्तुसंग दाज्ने नमिल्ने चक्लेटि हीरो जस्ता माया प्रेमका शब्दले सजिएको छ ।

गायक रामदामले मन पराएको मान्छे सदाबहार जवान सुन्दरी देखेका छन भने गायिका माण्डवीले पनि आफ्नो कालेलाई चकलेटी हिरोको संज्ञा दिएकी छन ।

स्मृति तिमिलिसिनाको निर्देशनामा रहेकाे भिडियाेमा विपिन आचार्यकाे संगीत रहेकाे छ । पछिल्लो समय चर्चित मोडल नारायणी खत्रीले गायक रामदामलाई अभिनयमा साथ दिएकी छन । भिडीयो रामदामले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

भिडियो

https://youtu.be/PdBmENHQdtc

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily