+
Search

ताजा अपडेट +

पपुलर +

माग पूरा नभए २२ गतेदेखि आन्दोलनमा जाने गण्डकी यातायात व्यवसायी महासंघको चेतावनी

4KNationalDaily
२०७९ श्रावण १८, बुधबार १८:४९ बजे

पाेखरा– कर वृद्धिको निर्णय खारेजलगायत आफूहरुले राखेका माग पूरा नभए गण्डकी प्रदेशका यातायात व्यावसायीले २२ गतेदेखि आन्दोलनमा जाने चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गण्डकी प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए सार्वजनिक यातायात घर, ग्यारेजमा खडा गरी आन्दोलन गर्ने चेतावनी दिएको छ।

एक्कासी गण्डकी प्रदेश सरकारले निजी तथा सार्वजनिक सवारी साधनमा अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको भन्दै महासंघले आन्दोलनमा जाने चेतावनी दिएको हो।

‘हामी आम नागरिकको अधिकारप्रति सधैं सचेत र सजक छौं। केही दिन अगाडि प्रदेश सरकारसमक्ष हामीले ज्ञापनपत्रमार्फत् हाम्रा मागहरु अवगत गराइसकेको र उक्त मागप्रति सरकार संवेदनशील नभैदिँदा बाध्य भएर हाम्रा सार्वजनिक सवारी साधनहरु साउन २२ गतेदेखि घर, ग्यारेजमा खडा गरी आन्दोलनमा जान बाध्य भएको कुरा अवगत गराउन चाहन्छौं,’ उक्त विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily