+
Search

ताजा अपडेट +

पपुलर +

प्रिमियर लिगमा कमब्याक गरेको फुलह्यामसँग बराबरीमा रोकियो लिभरपुल

4KNationalDaily
२०७९ श्रावण २१, शनिबार २०:३९ बजे

काठमाडाैं– लिभरपुल प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ। शनिबार बेलुका सम्पन्न खेलमा लिभरपुल प्रिमियर लिगमा कमब्याक गरेको फुलह्यामसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

फुलह्यामका लागि दुवै गोल अलेक्सन्डर मिट्रोभिकले गरेका थिए। यता, लिभरपुलका डर्विन नुनेज र मोहमद सलाहले १/१ गोल गरे।

खेलमा ३२ औं मिनेटमा गोल गर्दै अलेक्सन्डरले फुलह्यामलाई सुरूआती अग्रता दिलाएका थिए। तर, ६४औं मिनेटमा नुनेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ७२औं मिनेटमा अलेक्सन्डरले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई २-१ मा पुर्‍याए।

तर, ८०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए। बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily