+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीप्रति जनतामा आकर्षण छ, चुनावमा पहिलो वामपन्थी पार्टी बन्ने प्रबल सम्भावना : प्रचण्ड

4KNationalDaily
२०७९ श्रावण २८, शनिबार १७:५० बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो पार्टी पहिलो वामपन्थी शक्तिका रूपमा स्थापित हुने आशा व्यक्त गरेका छन् ।

जनतामा माओवादीप्रति आकर्षण देखिएको तर स्थानीय चुनावमा पार्टीभित्रको अन्तर्विरोधले सोचेजस्तो नतिजा नआएको उनले बताए ।

पोस्टबहादुर स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावमा दोस्रो शक्ति बन्ने अवसर गुमेको गुनासो गरे ।

उनले भने, ‘सबैतिरको हिसाब गर्दा १७५ वरिपरि जित्छौँ भन्ने देखिन्थ्यो । हामी दोस्रो पार्टी हुन सक्थ्यौँ । ०७४ सालको निर्वाचनमा जितेका स्थानीय तहलाई मात्रै बचाउन सकेको भए देशको दोस्रो ठूलो र कम्युनिष्ट आन्दोलनको पहिलो पार्टी हामी बनिसकेका थियौँ । तर, हामीले जितेका ५० भन्दा बढी सिटहरू गुमे ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily