+
Search

ताजा अपडेट +

पपुलर +

खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

4KNationalDaily
२०७९ भाद्र २, बिहीबार ०८:३६ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन निर्देशन दिएको छ । आज एक सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो ।

खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ ।

खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ । निर्णयको अवज्ञा भएमा कानुन अनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily