+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपाललाई सुवास नेम्वाङले भनेः एमालेमै फर्केर आउनुस्

4KNationalDaily
२०७९ भाद्र १८, शनिबार १७:५६ बजे

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेबाट फुटेर गएका नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई एमालेमै फर्कन आग्रह गरेका छन्।

स्थानीय चुनावमा जनताबाट अस्वीकृत भइसकेकाले नेता नेपाल एमालेमै फर्किनुपर्ने उनको भनाइ थियो।

‘जनताले उनीहरूको अस्तित्वलाई अस्वीकार गर्यो, त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक आग्रह गर्छु’, नेकपा एमालेमा फर्केर आउनुस्,’ नेम्वाङले एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा भने।

स्थानीय तहको निर्वाचनमा एमाले लोककप्रिय मतको आधारमा पहिलो पार्टी बनेको उनको दाबी थियो।

उनले नेकपा माओवादी केन्द्र खुम्चिसकेको र नेपाली कांग्रेस पनि गठबन्धनबिना एमालेसँग आँखा जुधाउने ठाउँमा नरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily