+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी आन्दोलन महान क्रान्ति हो, अब म माओवादीमा फर्कन्छुः बाबुराम भट्टराई

4KNationalDaily
२०७९ भाद्र २६, आईतवार १२:३१ बजे

पोखरा- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्ड र आफू मिलेर फेरि एक पटक नेपालको नेतृत्व गर्ने दाबी गरेका छन् ।

पोखरामा शनिवार आयोजित पार्टी प्रशिक्षणमा भट्टराईले आफूहरू दुवैले विगतको समीक्षा गरेको र गल्तीहरूबाट सिकेर नयाँ ढङ्गले अघि बढ्ने सहमति भएको बताए ।

४ मंसिरको चुनावमा मिलेर जाने र चुनावपछि पार्टी एकता गर्ने सहमति आफूहरूबिच भएको उनले स्पष्ट गरे । उनले माओवादी आन्दोलनलाई महान् क्रान्तिको संज्ञा दिए ।

आफूले पार्टी छाडे पनि माओवादी आन्दोलनलाई कहिल्यै गलत नभनेको स्मरण उनले गरे । ‘माओवादी आन्दोलन महान् क्रान्ति थियो’, उनको भनाइ उद्धृत गर्दै नेकपाका केन्द्रीय सदस्य हरिशरण आचार्यले भने, ‘मैले कहिल्यै माओवादी आन्दोलन खराब थियो भनेको छैन ।’

यद्यपि माओवादी नेतृत्व सच्चिन जरुरी रहेकामा भने आफ्नो जोड रहेको उनको भनाइ थियो ।

भट्टराईले काँग्रेस–एमालेजस्ता परम्परावादी शक्तिको विकल्पमा माओवादी आन्दोलन पुनर्गठित गर्न सकिने सम्भावना आफूले देखेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily