+
Search

ताजा अपडेट +

पपुलर +

हामीले चाह्यौ भने चमत्कार गर्न सक्छौं, देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौंः अध्यक्ष प्रचण्ड

4KNationalDaily
२०७९ भाद्र २६, आईतवार २०:५६ बजे

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् ।

आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’

देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily