दार्चुला — नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले दार्चुलाका बाढीपीडितलाई राहत सहयोग गरेको छ ।
वाईसीएलका केन्द्रीय सचिव शिव बोगटीको नेतृत्वमा सोमबार बाढीपहिरो पीडितलाई नगद एक लाखसहित राहत सामग्री सहयोग गरेको प्रशासनले जनाएको छ ।
भदौ २४ गतेको राति महाकालीको लास्कु खोलामा आएको बाढी र नौगाड गाउँपालिकाको सल्लामा आएको पहिरोलाई राहत उपलब्ध गराउन जिल्ला प्रशासनमार्फत यहाँका पीडितहरुलाई नगद र सामग्री प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई हस्तान्तरण गरिएको वाईसीएलका केन्द्रीय सदस्य बसन्त कार्कीले बताए ।
उनका अनुसार बाढीपहिरोबाट पीडित भएका व्यक्तिहरुलाई उपलब्ध गराउन वाईसीएलको केन्द्रीय समितिले एक लाख नगदसहित १३ थान टेन्ट, एक सय थान कम्बल, २० बाल्टीन र एक बन्डल पिफम कार्पेट राहत सामग्री सहयोग गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले बाढीपहिरो पीडितहरुको लागि सहयोगका उपलब्ध गराएकोमा वाईसीएललाई धन्यवाद दिए । बाढीपहिरोबाट ५ जनाको मृत्यु, १० वेपत्ता, ८ जना घाइते र सयौं परिवार विस्थापन भएका छन् ।
बाढीपहिरोले आफ्नो घर लगेपछि विस्थापित परिवार अर्कोको शरणमा बास बस्न बाध्य छन् ।
प्रतिक्रिया