+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं २ बाट चुनाव उठ्ने तयारीमा पूर्वसभामुख ओनसरी घर्ती

4KNationalDaily
२०७९ भाद्र २९, बुधबार ११:५२ बजे

काठमाडौं- पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छन्।

घर्तीको नाम नेकपा माओवादी केन्द्रको काठमाडौं २ क्षेत्रीय कमिटीले आज उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ।

केही समय अघि घर्तीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफू प्रत्यक्ष निर्वाचन लड्न तयार रहेको बताएकी थिइन्।

प्रचण्डलाई उनले समानुपातिकमा नबस्ने बताएकी थिइन्। बरू हार्न तयार छु तर यसपालि समानुपातिकमा बस्दिनँ, उनले भनेकी थिइन्।

जबाफमा प्रचण्डले काठमाडौंको कुनै क्षेत्र खोज्ने बताएका थिए। सत्ता गठबन्धनका दलहरुबीचमा सहमति भएमा काठमाडौं क्षेत्र नम्बर २ माओवादी केन्द्रले लिने र सो क्षेत्रमा पूर्वसभामुख घर्तीलाई उठाउन प्रचण्ड तयार भएका छन्।

घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्।

उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्। २०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन्।

पहिलो संविधान सभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्री बनेकी थिइन्।

माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी घर्तीले भूमिगतकालमा पूर्वका धेरै जिल्लामा रहेर काम गरेकी थिइन्।

उनी सोलुखुम्बु, काभ्रे र ललितपुरको समेत पार्टी इन्चार्ज भइसकेकी छन्।

यो पनि – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी र भीभीआईपी रु भन्दै प्रश्न गरेका छन् । सामाजिकसंजाल फेसबुका एक स्टाटस लेख्दै उनले यसतो बताइका हुन् ।

राईले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्तता भएपछि ब्याङ्ग्य गर्दै यस्तो प्रश्न गरेका हुन् ।

आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको बताउँदै आफूलाई न गार्ड चाहिएको न त आसेपासे नै भन्दै हावाहरुको ठूलो स्वाङ मात्रै भएको उनले बताएका छन् । जसमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् ।

उनले भनेका छन्, ‘मैले नबुझेको को हो भीआईपी रु को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै । काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily