+
Search

ताजा अपडेट +

पपुलर +

निवार्चन नजिकिदै गर्दा ओलीले खेले यस्तो खेल, प्रचण्डलाई लाग्यो नराम्रोसंग झड्का !

4KNationalDaily
२०७९ भाद्र ३०, बिहीबार २१:३० बजे

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धक्का लाग्ने गरी सो पार्टीका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् ।

सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ ।

परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टे«लरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् ।

एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily