+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम र प्रचण्ड एकसाथ, के नेपाली राजनीति कायपलट हुन लागेको हो ?

4KNationalDaily
२०७९ आश्विन ३, सोमबार १२:५० बजे

काठमाडौं- पूर्वप्रधानमन्त्रीद्धय एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ ।

भट्टारुइकै निवासमा दुुई नेताबीच वार्ता भएको हो ।

शुक्रबार साँझ प्रचण्ड टोखास्थित निवासमा डिनरका निम्ति पुगेको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा दुई जनाले आफ्ना त्रुटिको समीक्षा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

भट्टराईले पनि यही महसुस गरेर एकै ठाउँमा आउने निर्णयमा पुगेको बताएको मल्लले जानकारी दिए। प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको दल माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछ

। निर्वाचनपछि भट्टराई माओवादी केन्द्रमै फर्किने चर्चा भइरहेको छ।

‘लामो समय पछि क. प्रचण्डसंग गम्भी -र वैचारिक-राजनीतिक छलफल ! पारिवारिक वातावरणमा केही रमाइलो पनि ! युगीन प्रचण्ड ‘हबा’ संग दंग !’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily