+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डपत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

4KNationalDaily
२०७९ आश्विन ४, मंगलवार १३:०७ बजे

काठमाडौँ– सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ । दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो ।

विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ ।

सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिइएको छ । उनको नाम ३६ औं नम्बरमा छ ।

गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले पूर्वप्रधानमन्त्री पत्नी सीतालाई विभूषण सिफारिस गरिएको बताए ।

यसैबीच पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले विभूषण नलिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत दुवैजनाले विभूषण नलिने जानकारी गराएका हुन् ।

पत्रकार थापाले विभूषण सिफारिस गर्नुअघि आफूलाई नसोधिएको पनि उल्लेख गरेका छन् ।

गतवर्ष करिब ६ सय जनालाई विभूषण सिफारिस गरिएकोमा अहिले यो संख्या ९ सय नाघेको छ ।

सरकरमा भएका दलका आसेपासेलाई यसरी नै वर्षेनी ठूलो धनराशी खर्च गरेर विभूषण दिँइदै आएको छ ।

यसअघि विभूषण सिफारिसमा विवादास्पद मानिस पनि परेपछि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले विभूषण बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily