+
Search

ताजा अपडेट +

पपुलर +

प्रेम गीतका निर्माता सेनप्रति दीपकराजको आक्रोश : घरै नरहे कहाँ बस्छौ साथी!

4KNationalDaily
२०७९ आश्विन ४, मंगलवार १४:०१ बजे

काठमाडौं– कलाकार तथा निर्माता दीपकराज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनप्रति आक्रोश व्यक्त गरेका छन्। सेनले कलाकार सरोज खनाललाई कलाकारहरुमा अमेरिकामा भागेर बस्ने ट्रेन्ड बसाउने नायक भनेर टिप्पणी गरेपछि दीपक आक्रोशित भएका हुन्।

खनालले ‘प्रेम गीत’ निर्माणको समयमा प्रदीप खड्काले हिरोको भूमिका निर्वाह गर्न सक्तैनन् होला अरुलाई ल्याउनु पर्छ भनेर सन्तोषले भन्दा उनलाई आफूले रोकेको बताएका थिए।

सरोजको उक्त भनाइ आएपछि सन्तोषले आफूसँग ‘प्रेम गीत’ निर्माणको समयमा दोहोरो बोलचाल समेत नभएको भन्दै यस्तो कुरा गर्न सरोजजस्तो अग्रज कलाकारले नसुहाउने अभिव्यक्ति दिएका थिए। त्यसपछि यही विषयलाई लिएर कलाकारहरूबीच टसल सुरु भएको छ।

गिरीले भुवन केसी, अनमोल केसी, झरना थापा र आफूसँगै अब सरोजलगायत अन्य कलाकारलाई पनि सन्तोषले गाली गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ ! यो लिष्ट निक्कै लामो हुँदै छ, दिनप्रतिदिन। सबैलाइ गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गरेको यो?, दीपकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका चलचित्रकर्मीलाई गाली गर्न लगाएको उनको आरोप छ। ‘सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ?,घर नै नरहे कहाँ बस्छौ साथी?’, दीपकले लेखेका छन्।

उनले ‘प्रेम गीत–३’को हिन्दी डबलाई नियम अनुसार कर तिर्न सुझाव दिँदै राम्रो कामका लागि नेपाली भाषाको चलचित्रमा छुट माग्न समेत सुझाएका छन्।

https://www.facebook.com/deepakrajgiri84/posts/5705252809538346

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily