+
Search

ताजा अपडेट +

पपुलर +

पद भनेपछि मरिहत्ते गर्नेहरु जहाँ गएर इच्छाएकाे पद ‘पाइन्छ-जितिन्छ, त्यहीँ जाउन्’

4KNationalDaily
२०७९ आश्विन १७, सोमबार १०:५७ बजे

गोरखा– नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा युवा नेता लेखनाथ न्यौपानेले टिकट माग्न गएका नेता प्रति कडा ‘कटाक्ष’ गरेका छन् । पार्टी भित्र ‘बालुवा तस्करका नाइके भनेर चिनिए’का पार्टीका केन्द्रीय सदस्य चूडामणि खड्का पक्षका युवाहरूले उनको पक्षमा भोट नै माग्न थालेपछि न्यौपानेको यस्तो भनाइ आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘कुनै पनि पदको कत्ति पनि लोभ छैन । पद माग्न (सङ्गठनात्मक/राजकीय) कसैकाेमा नजाने प्रतिबद्धता छ । पद भनेपछि मरिहत्ते गर्नेहरू जहाँ गएर इच्छाएको पद पाइन्छ/जितिन्छ, त्यहीँ जाउन् । शुभकामना !’

सिरानचाेक गाउँपालिका-३ हर्मीका युवा नेता न्यौपाने गोरखा-२ का लागि बलियो दाबेदार हुन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सदस्य पनि भएकाले प्रतिनिधि सभा निर्वाचनमा भाग लिने सम्भावना कम देखिन्छ। जानकारहरूका अनुसार पार्टी भित्र ‘बालुवा तस्करका नाइके’ भनेर चिनिएका खड्का पक्षका युवाहरूले उनको पक्षमा भोट नै माग्न थालेपछि न्यौपानेको यस्तो भनाइ आएको हो ।

२०७० को निर्वाचन अघि उनी तत्कालीन माओवादीबाट मोहन बैधसहितका नेताहरू पार्टीबाट अलग भएपछि न्यौपाने पनि त्यतै लागे । कालान्तरमा उनी २०७४ को निर्वाचन अघि नै माओवादीमा नै फर्किए । पार्टी भित्र अध्यक्ष प्रचण्डको कडा आलोचकका रूपमा चिनिएका न्यौपाने प्रस्ट व्यक्ता रूपमा चिनिन्छन् ।

बाबुरामले छाेडेपछि खड्काकाे राेइलाे

याे पनि,

उधारोमा प्रमुख अतिथि बन्छन् माननीय ज्यू

आगामी प्रतिनिधि सभा गोरखा–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मार्ग प्रशस्त गरिदिएपछि खड्कासहितका केही नेता उचालिएका छन् । अझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खड्काका व्यवसायी पार्टनर सुरेन्द्रराज पाण्डेसमेत उचालिएका थिए । उनले केही समय अघि एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका थिए- ‘कुनै पनि हालतमा गोरखा–२ मा कांग्रेसकै उम्मेदवार हुनेछ ।’

सत्ता गठबन्धनका साझेदार दलबिच सहमति भएपछि गोरखाका दुई क्षेत्रमा भागबन्डा लगाए। सत्ता गठबन्धन दलले गोरखा–१ कांग्रेसलाई दिएर गोरखा–२ माओवादीलाई दिएपछि खड्कासहितका नेता नारायणकाजी र न्यौपानेलाई रोक्न कस्सिएका हुन् ।

पार्टीका उपमहासचिव जनार्दन शर्मा निकटका भनेर चिनिएका खड्का केन्द्रीय सदस्य हरिराज अधिकारीसहितका गोरखाका माओवादी नेताहरू नारायणकाजी र न्यौपाने रोक्न प्रचण्ड निवास पुगेको स्रोतको दाबी छ ।

गोरखाका नेताहरू विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता न्यौपानेलाई गोरखा–२ को टिकट दिनुपर्ने गरी दबाब बढाएका छन् । अधिकारीले गोरखा–१ मा नपाएपछि गोरखा–२ मा खड्कालाई ल्याउन उनीसहित कांग्रेसका नेताहरू नै लागि पर्दै आएका छन् । अधिकारी खुलेर नै खड्कालाई दिनु पर्छ भन्दै लबिङ गर्दै आएका छन् ।

माओवादी जिल्ला तहका नेताहरूका अनुसार खड्काले गत स्थानीय निर्वाचनमा गोरखा नगरपालिका–११ को एक गोप्य प्रशिक्षणमा मंसिर ४ गते हुने निर्वाचनमा आफू उम्मेदवार बनेर आउने र आफूलाई सहयोग गर्नुपर्ने भन्दै सहयोगको अपेक्षा गरेका थिए । तर, उनलाई ‘प्रचण्डले नै टिकट दिन नसक्ने भन्दै इन्कार’ गरिदिएपछि उनी गोरखाका माओवादीका नेता मार्फत दबाब बढाउन सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् ।

उनले अझ आफू निकटका विद्यार्थी नेता तथा टोले केटाहरू परिचालन गरेर सामाजिक सञ्जालको प्रयोग गर्दै भोट माग्न थालेका छन् । उनले बाबुरामसंगको एक भेटमा भनेका थिए– ‘तपाइले गोरखा-२ मा धेरै विकासको काम गर्नुभयो । त्यो कति पूरा भए, कति पूरा हुनै बाँकी छ । अब तपाई सक्रिय राजनीतिबाट टाढा हुन खोजिरहनु भएको छ । तपाईँले मलाई सहयोग गर्नु भयो भने म ती अधुरा काम पूरा गर्ने छु ।’

तर जवाफमा बाबुरामले भनेका थिए मैले मात्रै भनेर हुन्न, प्रचण्डजी र नारायणकाजीसँग सल्लाह गर्छु । तर उनले अघि भने, ‘मेरो इच्छा भनेको नै लेखनाथलाई प्रतिनिधि सभामा ल्याउन’ हो । खड्का जवाफ सुनेपछि चुपचाप बाहिरिएको उनी निकटका युवाहरू दाबी गर्छन् ।’

मंसिर ४ गते हुने निर्वाचनमा गोरखा-२ मा करिब २ लाख भन्दा बढी मतदाता रहेका छन् । यो क्षेत्रमा कांग्रेसबाट २०४८ मायादेवी श्रेष्ठ, २०५१ र २०५६ मा कमला पन्त निर्वाचित भएपछि गोरखामा कांग्रेसकाे उम्मेदवार भए पनि निर्वाचित भएका छैनन् । २०६४ र ७४ मा बाबुराम र २०७० मा हितराज पाण्डे सांसदमा निर्वाचित भएका थिए ।

याे पनि,

प्रचण्डले किन चिनेनन् लेखनाथलाई ?

माओवादीबाट मैले निर्वाचन लड्ने होईन, माईक्रोबस चढ्ने टिकट चाँहि पाउँछुः लेखनाथ न्यौपाने

लेखनाथ न्यौपानेको १० बुँदे फरक मत- प्रचण्डको प्रतिवेदनले जमिनमा खुट्टा टेकेको छैन [पूर्णपाठसहित]

लेखनाथ न्यौपानेको प्रश्न : सांसद नभएको व्यक्ति कसरी प्रधानमन्त्री हुन् सक्छ ?

लेखनाथ न्यौपाने भन्छन् : कम्युनिस्ट हुँ भन्दा जनताले ढुंगामुढा गर्ने स्थिति आयो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily