काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले नटिंघम फरेस्टमाथि ५–० को फराकिलो जित हात पारेको छ।
आइतबार भएको खेलमा आर्सनललाई जित दिलाउने क्रममा रोइस नेल्सनले दुई गोल तथा गाब्रियल मार्टिनेली, थोमस पार्टी र मिर्टन ओडेगार्डले १/१ गोल गरेका थिए।
यससँगै आर्सनल लिगको शीर्षस्थानमा फर्किएको छ। आर्सनलले १२ खेलबाट ३१ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले समान खेलबाट २९ अंक हात पारेको छ।
प्रतिक्रिया