काठमाडौँ- टी-२० विश्वकप अन्तर्गत ग्रुप-२ भिडन्तमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ।
पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाउँदै ९५ रन बनाएको हो। जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ९१ रन बनाएको थियो
पाकिस्तानका लागि मोहम्मद रिजवानले सबैभन्दा धेरै ४९ रन बनाए। अर्कातिर फखर जमान्ले २० रन बनाउँदै आउट भए।
नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ९१ रन बनाएको थियो।
नेदरल्यान्ड्सको तर्फबाट सबैभन्दा बढी २७ रन कोलिन एकरम्यान र स्कट एडवर्ड्सले १५ रन बनाउन सफल भए।
पाकिस्तानको तर्फबाट शादाब खानले ३ विकेट, मोहम्मद वसिमले २ विकेट लिए। अर्कातिर शाहीन शाह अफ्रिदी, नसीम शाह, हारिस रऊफले एक-एक विकेट लिएका छन्।
प्रतिक्रिया