काठमाडौँ- ‘कहाँ के पुगेन र चाहेउ छुट्टिन’ यो गायक हेमन्त शर्माको नयाँ गीत हो।
आइतबार सार्वजनिक गरेको यो गीत मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन्। उनले गीतमा धोकाप्रति पनि कृतज्ञता प्रकट गरेका छन्।
सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक शर्माकै सुन्न सकिन्छ। गीतमा संगीत संयोजन भने कमल थापा मगरले गरेका छन्।
गीतको म्यूजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओ निकेश खड्काले निर्देशन गरेका छन्। सुरेश थापाको छायांकन रहेको गीतको भिडिओ सम्पादन विकास धमलाले गरेका छन्।
गीतको म्यूजिक भिडिओमा गायक शर्माका साथमा मोडल समिक्षा क्षेत्रीले अभिनय गरेका छन्।
गीत मार्फत गायक शर्माले छुटेर जानेको खुशीको कामना गरेका छन्। उनले व्यवहार परिवर्तन भएपनि, माया गर्ने मान्छे अर्कैको भए पनि माया सधैँ उस्तै रहने गीत तथा गीतको म्यूजिक भिडिखो मार्फत व्यक्त गरेका छन्।
भिडिओ
प्रतिक्रिया