+
Search

ताजा अपडेट +

पपुलर +

गणेशको ‘भागी भागी’मा गजित, श्रीदेव र सरिताको प्रेम संघर्ष

4KNationalDaily
२०७९ कार्तिक १४, सोमबार ११:०४ बजे

काठमाडौँ- गायक गणेश थापाको नयाँ गीत ‘भागी भागी नहिँड’ को भिडिओ यतिबेला दर्शकमाझ आएको छ।

दसैँ अघि आफ्नो गीत बजारमा ल्याएका गायक थापाले फेरि नयाँ गीत ल्याएका हुन्। यो गीतको भिडिओ बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ।

आधुनिक/पप शैलीको गीतलाई सुदन लुईटेलले लेखेका हुन्। जसमा नरेन्द्र प्यासीको संगीत, विनोद भुजेलको संगीत संयोजन र कुमार केसीको मिक्सिङ तथा रेकर्डिङ छ।

विलक्षण क्रियसनको म्यानेजमेन्टमा तयार भएको यो भिडिओमा अभिनेताद्वय गजित विष्ट र श्रीदेव भट्टराई, गायिका तथा मोडल सञ्चारकर्मी सरिता भारतीको मुख्य भूमिका छ।

सरितासँग गजित र श्रीदेवको त्रिकोणात्मक प्रेम कथा जस्तो जेखिने भए पनि यसको कथा फरक रहेको गायक गणेश थापाले बताएका छन्। बाँकी कलाकारमा सुवास खड्का, रोशनी श्रेष्ठ, आशिष नेपाल र नुर मुहम्मद रहेका छन्।

भिडिओलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन्। परिवारको सदस्यका कारण प्रेममा आउने समस्या र संघर्षलाई आफूले यो गीति भिडिओको कथामा उतारेको निर्देशक क्षत्रीले बताए।

चलचित्रका छायाँकार दिब्यराज सुवेदीले यो भिडियोको छायाँकन गरेका हुन्। जसमा प्रिया श्रेष्ठको श्रृंगार, वीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रँग संयोजन रहेको छ।

सवला थापाले निर्माण गरेको यो गीत र भिडिओले राम्रो प्रतिक्रिया पाएको गायक गणेश थापाले बताएका छन्।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily