+
Search

ताजा अपडेट +

पपुलर +

सुरेन्द्र पाण्डे भन्छन्- कांग्रेसका लागि गिरिजा प्रसाद कोइरालाजस्तै महानायक प्रचण्ड हुन्

4KNationalDaily
२०७९ कार्तिक १४, सोमबार ११:१४ बजे

गोरखा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइरालालाई महानायक भन्नेहरुले प्रचण्डलाई खलनायक भन्न नमिल्ने बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा उम्मेदवार रहेका पाण्डेले प्रचण्डको पक्षमा कांग्रेस कार्यकर्तालाई उभिन आग्रह गर्दै माओवादीले लडाइँ लडेर ल्याएका समावेशी लोकतन्त्र, धर्म निरपेक्ष र गणतन्त्र मान्नेहरुले प्रचण्डलाई मान्दिनँ भन्न नपाइने बताए ।

उनले भने, ‘शान्ति सम्झौताको दायाँतिर हस्ताक्षर गर्ने गिरिजाप्रसाद महानायक र देब्रेतिर हस्ताक्षर गर्ने प्रचण्ड चाहिँ खलनायक भन्न मिल्दैन । कांग्रेसको नाममा केही व्यक्तिले चलाएका भ्रममा कोही पर्नुहुन्न । हिजो युद्धको बेला जे जे भए दुवैतिर पीडा छ । तर, हामीले भुलेर अब एक भएर अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily