+
Search

ताजा अपडेट +

पपुलर +

वैवाहिक जीवन ठीकठाक नरहेको चर्चाबीच वर्षाको टिप्पणी : मौन बसे घमण्ड, केही बोले बहस

4KNationalDaily
२०७९ मंसिर २, शुक्रबार १८:०५ बजे

काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी यतिबेला निजी कारणले चर्चामा छिन् । पति आशिष गेलालका तस्वीर सामाजिक सञ्जालबाट हटाएकोदेखि अनफलो गरेसम्मको गसिपले उनलाई पछ्याइरहेको छ ।

गेलालसँगको वैवाहिक सम्बन्ध ठीकठाक नरहेको चर्चाका बीच वर्षा केही समययता मौनजस्तै छिन् । बरु चुनावमा घण्टी उम्मेदवारलाई भोट मागेकोजस्ता समाचारले उनी चर्चामा छिन् ।

मिडियामा समेत वैवाहिक जीवन अस्थिर बनेको चर्चा चलिरहँदा बिहीबार बिहान वर्षाले एउटा फेसबुक स्टाटस पोस्ट गरिन् । आफ्नो तस्वीर सेयर गरेकी उक्त पोष्टको क्याप्सन छ– ‘मौन बसे घमण्ड, केही बोले बहस ।’

उनको यो स्टाटस वैवाहिक जीवनबारे हालै मिडिया र सामाजिक सञ्जालमा आएका गसिप लक्षित छन् भन्ने बुझ्न कठिन छैन । गत वैशाखमा अमेरिकामा बसोबास गर्दै आएका गेलाल र वर्षाले विवाह गरेका थिए ।

https://www.facebook.com/barshasiwakotiofficial/posts/695947531890210

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily