+
Search

ताजा अपडेट +

पपुलर +

सांसद निर्वाचित भएपछि प्रधानमन्त्रीको रेसमा अगाडि बढ्छु : गगन थापा

4KNationalDaily
२०७९ मंसिर ४, आईतवार ०९:२८ बजे

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री गगन थापाले सांसदमा निर्वाचित भएपछि पार्टीको संसदीय दलको नेता बन्नेतर्फ आफू केन्द्रित हुने बताएका छन्।

काठमाडौं- ४ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका थापाले चुनावी अभियानकै क्रममा अब आफू संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने बाटोमा अग्रसर हुने दाबी गरेका थिए।

आइतबार बिहान मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले चुनावी अभियानमा आफूले घोषणा गरेको कुराबाट विचलित नभई पार्टीको संसदीय दल र प्रधानमन्त्रीको रेसमा अगाडि बढने बताए।

थापाले चुनावी अभियानको क्रममा उक्त घोषणा गरेपछि काग्रेस प्रवक्ता प्रकाशशरण महतले त्यसलाई बेमौसमी बाजाको संज्ञा दिएका थिए।

थापाले आइतबार बिहान आफूले संसदीय दलको नेता र प्रधानमन्त्री दाबी गरेर कुनै आश्चर्यजनक काम नगरेको भन्दै त्यो स्वभाविक भएको बताए।

प्रमुख दलहरुमा आन्तरिक संघर्ष रहेको भन्दै थापाले मतदाताहरुले त्यसलाई ख्याल गरेर पनि मत गर्ने विश्वास व्यक्त गरे। उनले प्रमुख दलहरुमा आन्तरिक परिवर्तन आए मात्रै राजनीतिमा सुधार आउने पनि बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily