गाेरखा- नेकपा माओवादी केन्द्र नेता एवं गाेरखा क्षेत्र नंवर १ (१) का उम्मेद्वार कृष्ण धितालले मतदान गरेका छन् ।
उनले भिमसेन थापा गाउँपालिका वडा न २ काे सिद्दकालि माध्यमिक विद्यालय, ताराखसेबाट मतदान गरेका हुन् ।
लोकतान्त्रीक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागिता जनाउन मतदातालाई अनुरोध गरेका छन् ।
निर्वाचनका माध्यमबाट बन्ने सरकारले मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउने र सुशासनको बाटोमा समेत अघि बढाउने भएकाले मतदाताले मताधिकार प्रयोग गर्नुपर्ने उनकाे भनाइ थियाे ।
उनले याे निर्वाचनमा आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन् ।
भिडियाे
प्रतिक्रिया