+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको दोस्रो जित, मनाङबाट प्रतिनिधि सभामा टेकबहादुर गुरुङ विजयी

4KNationalDaily
२०७९ मंसिर ५, सोमबार २२:२६ बजे

काठमाडौं– मनाङबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार गुरुङ २ हजार ५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत प्राप्त गरेका छन् ।

गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् ।

यसअघि प्रदेश सभा ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।

मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily