+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँ २ : एमालेको गढमा २८ वर्षपछि कांग्रेसले जित्यो, शंकर भण्डारी विजयी

4KNationalDaily
२०७९ मंसिर ७, बुधबार १०:५१ बजे

तनहुँ- क्षेत्र न.२ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शंकर भण्डारी विजयी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका केन्द्रीय सस्दय भण्डारी एमालेका उम्मेदवार किरण गुरूङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

गुरूङको २५ हजार १ सय ३० मत आएको छ भने भण्डारीको ३० हजार ६ सय ४ मत आएको छ । एमालेको गढमा २८ वर्षपछि कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily