+
Search

ताजा अपडेट +

पपुलर +

नेपालले दियो नामिबियालाई १९८ रनको लक्ष्य

4KNationalDaily
२०७९ मंसिर १६, शुक्रबार १९:२४ बजे

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले घरेलु टोली नामिबियालाई जितका लागि १९८ रनको मध्यम लक्ष्य दिएको छ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९७ रनमा समेटियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए।

उनले ९४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान दिएका हुन्।

त्यस्तै अर्जुन साउदले र गुलशन झाले समान १८ -१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडेल १० रनमा रन आउट भए। कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए।

नामिबियाका टांगेनी लंगामेनीले तीन विकेट लिए भने कार्ल बिरकेनस्टोकले दुई विकेट लिए। त्यस्तै जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले समान एक एक विकेट लिए। नामिबिया अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

नामिबियाले शून्य दशमलव ४ ओभरमा विना विकेट ४ रन बनाउँदा पानी परेर अहिले खेल रोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily