+
Search

ताजा अपडेट +

पपुलर +

भावुक सन्देश छाड्दै हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

4KNationalDaily
२०७९ मंसिर २१, बुधबार २१:०५ बजे

काठमाडौँ– बेल्जियम फुटबल टोलीका कप्तान इडेन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

कतारमा जारी विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै समूह चरणबाटै बेल्जियम घर फर्किएपछि उनले सन्यास घोषणा गरेका हुन्।

बेल्जियमको स्वर्ण पुस्ताका प्लेमेकर ३१ वर्षीय हजार्डले विश्वकपमा नमिठो यात्रासँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हु्न।

स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी सन् २००८ मा १७ वर्ष हुँदा राष्ट्रिय टोलीमा परेका थिए।

बेल्जियमबाट खेल्ने क्रममा उनले १२६ क्याप जितसहित ३३ गोल आफ्नो नाममा लेखाएका छन्। इङ्लिस क्लब चेल्सीबाट रियल मड्रिड गएपछि उनले लगातार चोटको सामना गर्नु परिरहेको छ।

उनले सन्यासका क्रममा सामाजिक सञ्जालमा भावुक सन्देश छाडेका छन्। ‘आज एउटा पानो फेरिएको छ,’ उनलले भनेका छन्, ‘तपाईंको माया र अद्वितीय प्रेमका लागि धन्यवाद!’ उनले आफूलाई देशबाट खेल्दा दिएको खुसीका लागि समेत आभार व्यक्त गरेका छन्।

‘सन् २००८ देखि मिलेको यति धेरै खुसीका लागि धन्यवाद! मैले मेरो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेको छु’, उनले भनेका छन्, ‘हाम्रा उत्तराधिकारी तयार भएका छन्। म तपाईंहरुलाई सधैँ सम्झिरहनेछु।’

हजार्ड, केभिन डे ब्रुने, रोमेलो लुकाकुसहित बेल्जियमको स्वर्ण पुस्ताले राष्ट्रका लागि जादु देखाउन सकेन। उनले कप्तानी गरेको बेल्जियको टोलीले सन् सन् २०१८ मा विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको थियो। तर यस पटक त्योभन्दा पनि खराब प्रदर्शन रह्यो।

https://www.facebook.com/edenhazard/posts/685350806288616

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily