+
Search

ताजा अपडेट +

पपुलर +

जनार्दन शर्मा भन्छन्- प्रचण्ड सुरूमै प्रधानमन्त्री बन्नुपर्छ

4KNationalDaily
२०७९ पुष ३, आईतवार १६:५२ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरूमै प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘सरकारको सुरुवाती नेतृत्व माओवादी केन्द्रले नै गर्न पाउनुपर्छ ।’

माओवादी केन्द्रले गर्न पाउनुपर्छ भनेको प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्छ भनिएको सुनाउँदै उनले भने, ‘विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हुनुको नाता र अहिलेको आवश्कयताले पनि उहाँ नै प्रधानमन्त्री बन्नुपर्छ भनिएको हो । अन्यथा केही होइन ।’

यस्तै उनले समाजवादी केन्द्र बनाउने एजेन्डा कायमै रहेको पनि बताए । चुनावअघि यसबारे दुई/तीन चरण छलफल पनि भएको उल्लेख गर्दै उनले भने ‘समाजवादी केन्द्र बनाउने भन्ने एजेन्डा त अझै कायमै छ । अनुकूल भएपछि त्यसबारे पुन: छलफल गर्छौँ र निर्णय लिन्छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily