+
Search

ताजा अपडेट +

पपुलर +

‘फूलबारी’मा विपिन र अरुणाको प्रेम

4KNationalDaily
२०७९ पुष ५, मंगलवार ११:०९ बजे

काठमाडौँ- नेपाली कथानक चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ। २ मिनेट २ सेकेन्डको लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ। फिल्मका मुख्य कलाकारहरु देखिएको टिजरमा विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन्।

ब्याकग्राउन्डमा बज्ने संगीतले फिल्मको कथासार भन्ने प्रयास गरेको छ। फिल्ममा विपिन र अरुणासँगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारले अभिनय गरेका छन्।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ। जोश हेरुमको छायांकन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन छ।

फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण छ। सिनेमा यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो। त्यसैले ‘फूलबारी’बाट पनि सरोकारवाला आशावादी छन्।

टिजर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily