+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस संसदीय दलको निर्वाचन : देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल

4KNationalDaily
२०७९ पुष ५, मंगलवार १४:२४ बजे

काठमाडाैं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।

पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् ।

यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् ।

उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily