+
Search

ताजा अपडेट +

पपुलर +

देउवालाई गगन थापाको चुनौती, विश्वप्रकाशसँगै प्रदीप पौडेलको पनि समर्थन

4KNationalDaily
२०७९ पुष ५, मंगलवार १४:४९ बजे

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् ।

कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।

प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर उनी मौन रहँदै थिए ।

संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने उनी शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।

थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराथ गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।

पौडेले पनि खुलेपछि उनलाई पनि समर्थक बनाएर थापाले संसदीय दलको नेतामा मनोनयन दर्ता गराउँदै छन् । दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily