+
Search

ताजा अपडेट +

पपुलर +

जनार्दन शर्मा भन्छन्- प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक राष्ट्रपति

4KNationalDaily
२०७९ पुष ७, बिहीबार १४:१७ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष प्रचण्डले गर्ने दाबी गरेका छन्।

शपथ ग्रहणका संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने बताए।

उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ। माधव कमरेड बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ। मैले मैले भन्दा पहिलो पटक अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ। तर, निर्णय भएको छैन।’

प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भनेर आफूहरूले दाबी नगरेको उल्लेख गर्दै गठबन्धन दलमा सल्लाह भएको तर्क गरे। उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए।

उनले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily